हेटौंडा। गठबन्धनको उम्मेदवार बाहेकको प्रचार नगर्न नेपाली कांग्रेस मकवानपुरले चेतावनी दिएको छ।
शनिबार पत्रकार सम्मेलन गर्दै कांग्रेस मकवानपुरले गठबन्धन बाहेकको उम्मेदवारहरुको प्रचार नगर्न चेतावनी दिएको हो। हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ र ईन्द्रसरोवर गाउँपालिकामा बागी कांग्रेसको बागी उम्मेदवारी परेको छ।
यस अघि बागमती र बकैया गाउँपालिकामा पनि बागी उम्मेदवारी परेको थियो। तर, जिल्ला नेतृत्व तहले उम्मेदवारी फिर्ता गराएका थियो।
‘हामीले जिल्लाको स्थानीय तहहरुमा गठबन्धन गरेका थियौं,’ कांग्रेस मकवानपुर प्रवक्ता अर्जुन प्रसाद चौंलागाईंले भने,‘पाँच दलीय सत्ता गठबन्धन बाहेकका उम्मेदवारहरुको प्रचार प्रसार गर्ने क्रियाशिल सदस्य तथा कार्यकताहरुलाई हामी कारवाही गर्छौं। गठबन्धनलाई जिताउने गरी हामी प्रचारमा छौं। यसर्थ हामी कार्यकर्ताहरुलाई पनि गठबन्धनको प्रचार गर्न अपिल गर्दछौं।’
चौलागाईंले सामाजिक सञ्जालमार्फत पार्टी हित विपरित र गठबन्धनको नीति विपरित प्रचारप्रसार नगर्न आग्रह गरेका छन्। मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा कांग्रेसको उम्मेदवार भए पनि एकीकृत समाजवादीको उम्मेदवार नै आधिकारिक भएको कांग्रेस मकवानपुरले जनाएको छ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारलाई पनि पार्टीको आधिकारिक उम्मेदवार र गठबन्धनको उम्मेदवारलाई सहयोग गर्न निर्देशन दिएका दिइएको छ।
प्रतिक्रिया