Developed By Kuldeep Sharma

May 7, 2022

२६ औं पटक सगरमाथा आरोहण गरेर कामिरिताले फेरि राखे रेकर्ड

काठमाडौ। २६ औं पटक विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथा आरोहण गरेर कामिरिता शेर्पाले रेकर्ड राखेका छन्।

यस पटकको वसन्तकालीन हिमाल आरोहणका लागि बाटो बनाउँदै शनिबार बेलुका उनीसहित ११ जनाको टोलीले विश्वको सर्वोच्च चुचुरो टेक्क सफल भएको हो।

सोलुखुम्बुकी ५२ वर्षीय कामिरितासहित ११ नेपाली शेर्पाहरूको टोलीले शनिबार बेलुका पौने सात बजे सगरमाथामा पाइला राखेका हुन्। काठमाडौंस्थित सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले दिएको जानकारीअनुसार उनको नेतृत्वमा ११ जना शेर्पा गाइड शुक्रबार साँझ डोरी टाँगेर बाटो बनाउँदै चुचुरोतर्फ लागेका थिए।

सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मेका कामिरिताको नाममा सन् २०१८ देखि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम छ।

उनले मे १६ २०१८ मा २२ औं पटक सगरमाथा आरोहण गर्दै आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma