काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को आज(बुधवार) बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा नवौँ राष्ट्रिय खेलकुद आगामी जेठ २२ देखी २८ गतेसम्म आयोजना हुने निर्णय गरेको छ । फागुनमा आयोजना हुने भनिएको राष्ट्रिय खेलकुद कोरोना माहामारी र राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव विवादका कारण अन्योलमा रहेको थियो ।
आगामी जेठ २२ गतेदेखि हुने उक्त खेलकुद गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुने युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बताएका छन् । प्रत्येक दुई वर्षमा आयोजना गर्ने लक्ष्य सहित सुरु गरिएको राष्ट्रिय खेलकुद २०७७ मा आयोजना गर्नुपर्ने थियो । तर, विश्वव्यापी रूपमा फैलिएको कोभिड सङ्क्रमणका कारण गत वर्ष राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन सकेको थिएन ।
त्यसअघि आठौँ राष्ट्रिय खेलकुद २०७५ मा नेपालगन्जमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया