Developed By Kuldeep Sharma

August 10, 2023

छिन्नमस्ताको सेवा प्रवाहमा स्थानीय खुशी

काठमाडौं। सप्तरीस्थित छिन्नमस्ता गाउँपालिकाले सामाजिक सुरक्षा परिचयपत्र नविकरणलगायतका दैनिक कामकाजहरु टोलस्तरबाटै सेवा प्रवाह सुरु गरेको छ । जेष्ठ नागरिक परिचयपत्रलगायतका सामाजिक सुरक्षा परिचयपत्रको नविकरणका लागि वडा नं. १ र २ मा टोलस्तरबाटै सेवा सञ्चालन सुरु गरिएको हो ।

वडा नं. १ मा रहेको जम्मा ८३३ सेवाग्राहीमध्ये हालसम्म ६०० भन्दा बढीको परिचयपत्र नवीकरण भैसकेको छ । बाँकी रहेका परिचयपत्र नविकरणलाई पनि नियमित गर्दै लैजाने वडाअध्यक्ष ललनप्रसाद यादवले बताएका छन् ।

उनी भन्छन्, ‘स्थानीय निकायका सेवालाई सरल, सुलभ र पहुँचमुखि बनाउने हाम्रो प्रयास हो ।’ यसलाई निरन्तरता दिदैँ जानेछौ’ आवस्यकता र सहजता अनुसार अन्य सेवाहरु पनि टोलस्तरबाटै गर्ने तयारी गरिरहेका छौ ।

त्यस्तै, वडा नंं. २ मा पनि जम्मा ७५० सेवाग्राहीमध्ये हालसम्म करिब ३२५ जनाको परिचयपत्र नविकरण भैसकेको छ । स्थानीयले घरघरमा सिहंदरबारको प्रत्याभूति गर्ने हिसाबले सेवा प्रवाह गरिएको वडाअध्यक्ष सिकिन्दर कुमार साहले बताए । नविनतम प्रविधिको प्रयोग गर्दै सेवा प्रवाह छिटो र छरितो गर्ने समेत उनको भनाइ छ ।

टोलस्तरबाटै यस्तो सुविधा उपलब्ध हुँदा काममा सहज र समयको बचत हुने भएको स्थानीयहरुले बताएका छन् । पालिकाले नागरिकको आवस्यकतालाई मध्यनजर गर्दै सोही अनुसार कार्यसंचालन गर्ने गरेको उनिहरुको भनाई छ ।

त्यसैगरी, गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले आफुले चुनावका बेला स्थानीयसँग गरेका हरेक प्रतिबद्धता पुरा गर्नेमा आफू दृढ रहेको मुलुकप्रेसलाई बताएका छन् । ‘सामाजिक सुरक्षा परिचयपत्र नविकरणको काम वडा र टोल स्तरबाट भएको छ ।’ यस सेवा प्रवाहले स्थानीयलाई सहजीकरण हुने हामीले आशा लिएका छौ ।, जेष्ठ नागरिकहरुलाई पालिका र वडा सम्म आवतजावत गर्न पनि कठिनाई हुने हुँदा हामीले त्यसलाई मध्यनजर गर्दै टोलस्तरबाटै सेवा प्रवाह संचालन गरिरहेका छौ ।’ उनले भने । हाल दुई वटा वडाबाट सुरु गरिएको नविकरण क्रमशः सबै वडाहरुमा गरिने उनले बताए । नियमित सेवा र दैनिक कामकाजहरुमा ढिला नगरी स्थानीयहरुको सेवामा लागिरहने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma