Developed By Kuldeep Sharma

August 11, 2023

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । नेकपा एमालेले निरन्तर सदन अवरोध गरेपछि कांग्रेसले दलको बैठक बोलाएको हो ।

आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने बैठकमा संसदको अवरोध खुलाउने, विचाराधीन रहेका विधेयकमा छलफल हुने र पछिल्ला समसामयिक घटनाक्रमलगायतका विषयमा छलफल हुने बताईएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संसद खुलाउन विषयमा पटकपटक छलफल गर्दा पनि कुनै टुंगो लाग्न सकेको छैन । सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै एमालेले सदन अवरोध गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma