काठमाडौँ । प्रतिनिधिसभा बैठक बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।
आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको, विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरू र प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ । त्यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद (सचिव) टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी प्रस्तुत हुने छ ।
आजको बैठकमा बाधा अड्काऊ फुकाऊ आदेश पेसमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यविधि थप गर्ने प्रस्ताव पेस हुनेछ ।
विषयगत समितिको सदस्य हेरफेरदेखि १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूको सूचनाहरू सभाको स्वीकृतिका लागि सभामुखले पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । १० पटकसम्म बैठकमा अनुपस्थित हुने सांसदहरूको नामावली वाचन गरेर सुनाइने विषय पनि कार्यसूचीमा उल्लेख छ।
प्रतिक्रिया