Developed By Kuldeep Sharma

August 11, 2023

गौर हत्याकाण्डबारे उच्चस्तरीय छानबिन आयोग गठन गरियोस्ः जसपा

जनता समाजवादी पार्टीले गौर हत्याकाण्डबारे उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गरी सो पार्टीले गौर हत्या र मधेश आन्दोलनबारे सत्य तथ्य बाहिर ल्याउन सर्वपक्षीय माग गरेको हो ।

साथै सो पार्टीले पछिल्लो पटक सरकार र गौर हत्याकाण्डका पीडितहरु बीच भएको सम्झौताप्रति आपत्ति जनाउँदै रहस्यमयसमेत भनेको छ ।
जसपाले गौर हत्याकाण्डबारे नेपाल सरकारले गठन गरेको सर्वोच्च अदालतका तत्कालीन बहालवाला न्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा गठिन उच्चस्तरीय न्यायायिक छानबिन समितिको प्रतिवेदन, राष्ट्रिय मानवअधिकार आयोग, तत्कालीन जिल्ला प्रशासन र प्रहरीले सरकार समक्ष बुझाएका प्रतिवेदन, पाटन पुनरावेदन अदालतका न्यायाधीश र सुरक्षा निकायका अधिकारीहरु रहेको जाँचबुझ आयोग लगायतले बुझाएको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न माग गरेको छ ।

त्यसैगरी, पत्रकार सम्मेलनमा जसपाका नेता मनिष सुमनले तत्कालीन माओवादी नेता प्रभु साहसहितको हठका कारण गौर हत्याकाण्ड भएको दाबी गरे । २०६३ सालमा गौरमा तत्कालीन माओवादी र मधेशी जनअधिकार फोरमबीच भएको झडपमा २७ जनाको मृत्यु् भएको थियो । त्यस्तै, सोही घटनाका पीडकहरुलाई कारबाहीको माग गर्दे पीडितहरुले आन्दोलन गरेपछि केहीदिन अघि सरकार र पीडितहरुबीच दोषीलाई कारबाही गर्ने सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma