काठमाडौं। सामाजिक क्षेत्रमा विशेष योगदान पु¥याएका १२ जना आदिवासी अभियन्ताहरूको सङ्घर्ष समेटिएको पुस्तक लोकार्पण गरिएको छ ।
विश्व आदिवासी दिवसको अवसरमा राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ–नेपाल (निडवान) ले आदिवासी अधिकारका लागि विभिन्न तहबाट योगदान पु¥याएका अभियन्ताको कामबारे वृस्तीत रूपमा खोज तथा अनुसन्धानमुलक सामग्रीसहित “नेपालका प्रेरणीय आदिवासी व्यक्तित्व र सङ्घर्षका आयामहरू” शीर्षकको पुस्तक लोकार्पण गरिएको हो ।
निडवानले प्रकाशित गरेको पुस्तकमा आदिवासी अभियन्ताहरू दिवंगत डा. हर्क गुरुङ, डा. ओम गुरुङ, डा. चैतन्य सुव्वा र बम कुमारी बुढामगर, भद्र कुमारी घले, प्रतिमा गुरुङ, पूर्व राजदुत डा. गणेश योञ्जन, प्रतिनिभिसभाका सासद लालबीर चौधरी, अन्तरिम संविधान २०६३का मस्यौदाकार एवं अधिवक्ता शान्ति कुमारी राई, डा. केशवमान शाक्य, तृप्ता लुङ्गेली मगर, नन्द कन्दङ्वालगायतको जीवनी समेटिएको छ । सो अवसरमा उहाँहरूलाई सम्मान समेत गरिएको थियो ।
पुस्तकका लेखक पत्रकार कुमार यात्रुले निडवानको पहलमा आदिवासी अभियन्ताको जीवनीलाई लेख्ने क्रमको सुरूवात भएको र यसले निरन्तरता पाउने बताए ।
कार्यक्रममा आदिवासी आयोगका अध्यक्ष रामबहादुर थापामगरले आदिवासीको प्रथा, सङ्घर्ष र उपलब्धीलाई पछिल्लो पुस्ताका लागि बताउन पुस्तकले सहयोग गर्ने बताएका छन्।
प्रतिक्रिया