Developed By Kuldeep Sharma

August 12, 2023

सोमबारसम्म भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं। आजदेखि भारी वर्षको सम्भावना रहेको छ । सोमबारसम्मै वर्षा जारी रहने मौसमविदले बताएका छन् । मनसुनको न्यून चापीय रेखा नेपाल नजिक अवस्थित रहेको र भारत उत्तरप्रदेशको बिहार आसपासमा न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले बढी पानी पर्ने पूवानुमान रहेको छ । पानी पार्ने न्यूनचापीय रेखा नेपालको अझै नजिक सर्ने सम्भावना छ । त्यसैले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार नै विशेष बुलेटिन जारी गर्दै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको थियो ।

रातिदेखि देशभर नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा भारी वर्षा मापन भएको छ भने आज दिउँसोदेखी पानी पर्ने क्रम बढ्दै जाने र आइतबार, सोमबार अझै धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद रोजन लामिछानेले बताए ।

लामिछानेका अनुसार आज राति कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यसैगरी भोलि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

आज देशका अधिकांश नदीहरुको बहाव बढ्ने भएकाले उक्त क्षेत्र आसपास बसोबास गर्नेहरुले आवस्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma