काठमाडौं। नेपाल टेलिकमको सहकार्यमा शुक्रबार आईसिटी पत्रकार विकास मञ्चले एक दिने साइवर सुरक्षा चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ।नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालका प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा २०० भन्दा बढी बिद्यार्थीहरुको सहभागीता रहेको थियो।
प्राधिकरणका अध्यक्ष खनाले साइवर सुरक्षाको आधारभुत ज्ञान सबैमा हुनुपर्ने बताएका छन्। उनले सार्वजनिक रुपमा वाइफाई इन्टरनेटमा आफ्ना व्यक्तिगत गोपनियताका कुराहरु शेयर गर्न नहुने बताए।पासवर्ड शेयर नगर्न फेसबुकमा जे पायो त्यही कुराहरु पोष्ट नगर्न समेत आग्रह गरे।
उक्त कार्यक्रममा प्रशिक्षक द्रोण घिमिरे र अच्युत ओझाले साइवर अपराध र सुरक्षा बारेमा बिद्यार्थीलाई जानकारी दिए।
ग्रामीण बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रध्व्ज थापाले साईबर सुरक्षा सम्बन्धी चेतनामुलक कार्यक्रम आजको आवश्यकता भएको बताउदै विभिन्न ठाउँ,समय मा भएका घटनाहरलाई उदाहरणको रुपमा भन्दै यस्तो कार्यक्रम आयोजना गरेको मा आयोजक टिमलाई धन्यवाद दिएका छन्।
कार्यक्रममा नेपाल टेलिकम गोंगबु शाखाका प्रमुख निर्मल घिमिरे,नेपाल टेलिकमबाट केशव भट्टराई,तारकेश्वर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कविराज बस्नेत,ग्रामीण आर्दशका सहायक कार्यालय प्रमुख सन्तोष पण्डित,क्याम्पसका प्राध्यापकहरु,विद्यार्थी संगठनका पदाधिकारीहरु,पत्रकारहरु लगायतको सहभागीता रहेको थियो।
कार्यक्रममा नेपाल टेलिकमले २०० जना बिद्याार्थीहरुलाई नेपाल टेलिकमको सीम कार्ड निःशुल्क बितरण गरेको छ।
प्रतिक्रिया