नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्यहरुले ३ बुँदे माग गरेका छन् ।
मंगलबार सदस्य विनोदराज जोशीले अध्यक्षलाई भेटेर कार्यसमिति भित्र भएका समस्याहरुलाई समाधान गर्न माग गरेका हुन् । भर्खरै सम्पन्न ११ औं महाधिवेशनले ७१० जना केन्द्रिय सदस्यहरु मनोनित गरेको छ । केही मनोनित असन्तुष्ट सदस्यहरुले आफू कार्यसमितिमा नरहेको जानकारी गराएपछि उक्त रिक्त पदमा विद्यार्थी आन्दोलनमा लामो समयदेखि योगदान गरेकालाई यथासिघ्र मनोनित गर्न आग्रह गरेका हुन् ।
त्यस्तै, देशभरी शैक्षिक संस्थाहरुमा विद्यार्थीहरुका समस्याहरुलाइ हल गर्न र क्याम्पसहरुमा अधिवेशन गर्न केन्द्रीय सदस्यहरूलाई स्थलगत जिम्मेवारी तोक्नुपर्ने उनीहरुको माग छ । त्यसैगरी, संघको १२ औं महाधिवेशनको मिति घोषणा गर्न पनि उनीहरुले माग गरेका छन् ।
गत साउन २२ मा ११ औं महाधिवेसन सम्पन्न भएको थियो । महाधिवेसनमा सभापति शेरबहादुर देउवाद्धारा कार्यसमिति सदस्यहरु मनोनीत गरि पुर्णता दिइएको थियो ।
प्रतिक्रिया