Developed By Kuldeep Sharma

August 16, 2023

अनौपचारिक क्षेत्रका श्रमिक पनि सामाजिक सुरक्षा योजनामा समेटिदै

काठमाडौँ । सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसबारे बुधबार औपचारिक घोषणा गर्ने भएका छन् ।

प्रज्ञा भवन कमलादीमा आज बिहान १० बजे आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री दाहालले औपचारिक घोषणा गर्नेछन् । अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई कोषमा समेट्ने गरी गत मङ्सिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन सम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको थियो ।

कार्यविधि अनुसार सामाजिक सुरक्षा योजनाको सुविधा प्राप्त गर्नका लागि अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिले घटना घटेको भन्दा अघिको बाह्र महिनामा कम्तिमा नौ महिनाको योगदान रकम कोषमा जम्मा गरेको हुनुपर्ने छ ।

यसैगरी अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको उमेर ६० वर्ष पूरा भएको र कम्तिमा १८० महिना योगदान गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma