Developed By Kuldeep Sharma

August 19, 2023

देशको अवस्था हेर्दा आँसु आउँछ: शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको अवस्था हेर्दा आँसु आउने बताएका छन् । नयाँ बानेश्वरस्थित वरिष्ठ अधिवक्ता श्रीहरी अर्यालको निवासमा बुद्धिजीवीहरूसँग भएको नियमित अनौपचारिक छलफलका क्रममा शनिवार कोइरालाले सो कुरा बताएका हुन् ।

‘नत हामी ठिक भयौँ, न काम गर्ने शैली, जता हेर्‍यो उतै भताभुङ्ग र लथालिङ्ग छ। चित्त बुझाउने कतै केही छैन’ कोइरालाले भने। कोइरालाले देश यतिबेला असाध्यै अप्ठ्यारो अवस्थामा परेको बताए । ‘कुनै पनि काण्ड आउँछ त्यसको अनुसन्धान टुङ्गोमा नपुग्दै तुहिन्छ, अनि जनतालाई हामीले के जवाफ दिने ?’ कोइरालाले गुनासो पोखे ।

छलफलका क्रममा कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करीको अखडा बनिसकेकाले अन्तर्राष्ट्रिय समुदाय सामु देशको साख गिरेको बताए । छलफलमा कोइरालाले अब देश बन्दैन भनेर बुद्धिजीवीहरूले आस मारेको भएर पनि यस्तो अवस्था आएको बताए ।

कोइरालाले राजनीतिक दल र सरकारलाई खबरदारी गरिदिन बुद्धिजीवीहरूसँग आग्रह समेत गरे। कार्यक्रममा सहभागीहरुले महङ्गी, भ्रष्टाचार र दण्डहीनताले सीमा नाघेको, भूराजनीति चौपटमा परेको र सरकारले एकपछि अर्को अलोकप्रिय निर्णयहरू गर्ने गरेकाले कांग्रेस यो सरकारमा बसिरहन नहुने सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma