Developed By Kuldeep Sharma

August 20, 2023

बालबालिका शान्ति क्षेत्र अभियान (सिजप) ले मनायो २१ औं स्थापना दिवस

काठमाडौं । सिजपका पूर्व अध्यक्ष तारक धितालले संस्थाको विगत,वर्तमान र भविष्यका योजनाबारे कार्यपत्र प्रस्तुत गर्दै बालअधिकारको क्षेत्रमा यस अभियानले सधैं खबरदारी जारी राख्नुपर्ने बताएका छन्।
बालबालिका शान्ति क्षेत्र अभियान (सिजप) को २१ औं स्थापना दिवसको अवसरमा आइतवार राजधानीमा आयोजित समारोहलाई सम्वोधन गर्दै उनले सो कुरा बताए।

सिजपका अध्यक्ष राजेश शर्माले यस अभियानसँग सहकार्य गरेर देशभर साझेदार संस्थाहरूले बालअधिकारको प्रवद्र्धनका लागि बालबिवाह न्युनिकरण, पोषण, शिक्षा, बालअधिकारका लागि बनेका नीतिको कार्यान्वयनको सम्वन्धमा अनुगमन समेत गर्दै आएको बताएका छन्।

राष्ट्रिय बालपरिषद्का सदस्यसचिव इन्द्रादेवी ढकालले बालअधिकारका क्षेत्रमा कार्यरत संस्थाहरूको कार्यक्रम, योजना कार्यन्वयनका लागि परिषद्ले सहयोग र समन्वयको भूमिका निर्वाह गर्दै आएको बताए ।
सो अवसरमा बालबिवाह अत्यका लागि कर्णाली, कालीकोटलगायतका क्षेत्रमा सञ्चालित कार्यक्रम, बालबालिकाको क्षेत्रमा छुट्याइएको बजेटसम्वन्धी वृस्तित छलफल भएको थियो ।

कार्यक्रममा संस्थाको २१ औं स्थापना दिवसको अवसरमा पूर्व अध्यक्ष, विभिन्न साझेदार संस्था, परिकल्पनाकार, बालअधिकार कर्मीहरूलाई सम्मानपत्र,कदरपत्र र प्रसंसापत्र प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma