Developed By Kuldeep Sharma

August 21, 2023

‘द भ्वाइस अफ नेपाल’ विजेता करणको ‘पिरतीको मुस्कान’ गित सार्वजनिक

काठमाडौं। चर्चित अभिनेत्री मिरुना मगर र द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राई फिचर्ड ‘पिरतीको मुस्कान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै लेखक तथा गीतकार लीला सेलिङ् माबोको शब्दमा रहेको गीत सार्वजनिक गरिएको हो। देवेश राईको संगीत, एरेञ्ज तथा मिक्सिङ रहेको गीतलाई लिला र अन्जु सेलिङले निर्माण गरेका हुन्, भने करणको स्वर रहेको छ।

यो गीत करण राई युट्युव च्यानलबाट सार्वजनिक भएको छ।शानद्धरा निर्देशित म्युजिक भिडियोमा मिरुना र करण फिचर्ड छन्।

फिल्मी शैलीमा तयार भएको भिडियोको प्रस्तुतीका कारण मिरुना र करणको जोडी जमेको छ । यो म्युजिक भिडियोलाई अर्जुन तिवारीले खिचेका छन्, भने रोशन विश्वकर्माले कोरियोग्राफी गरेका छन्। सुप्रिम पराजुलीको सम्पादन छ।

‘पिरतीको मुस्कान’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma