Developed By Kuldeep Sharma

August 21, 2023

सल्यानमा गाडी दुर्घटना हुँदा १३ जना घाइते,दुईको मृत्यु

काठमाडौं। रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबहाक हाइस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका निवासी कमारो कामी र दार्मा गाउँपालिका–२ सल्यानका ओमपथ खत्री रहेको राप्ती प्रादेशिक अस्पताल स्रोतले बताएको छ । दुर्घटनामा परी अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनालाई उपचारका लागि कोहलपुर रेफर गर्ने तयारी रहेको छ ।

अन्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताउनुभयो । लु २ ख ५७३१ नम्बरको यात्रुवाहक हाइस सल्यानको कपुरकोटमा दुर्घटना भएको हो । कपुरकोट गाउँपालिका–३ आगरखोला नजिकै दिउँसो ३ बजेतिर दुर्घटनामा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma