Developed By Kuldeep Sharma

August 22, 2023

राष्ट्रिय युवा सङ्घ युवा सङ्घ काठमाडौँ महानगरद्वारा पशुपति क्षेत्रमा दुईसय बिरूवा वृक्षारोपण

काठमाडौं। पशुपति क्षेत्रमा दुईसयवटा बिरूवा वृक्षारोपण गरिएको छ ।

राष्ट्रिय युवा सङ्घ, काठमाडौँ महानगर कमिटीद्वारा आयोजित कार्यक्रममा फल तथा फुलका दुईसय वटा बिरूवा रोपिएको हो ।

राष्ट्रिय युवा सङ्घ, काठमाडौँ महानगर कमिटीका सहसचिव पूर्णिमा महर्जनले युवा सङ्घको एक युवा पाँच विरूवा अभियान अन्तरगत देशभर वृक्षारोपणको कार्यक्रम सञ्चालन गर्ने क्रममा पशुपति क्षेत्रको खाली जमिनमा वृक्षारोपण गरिएको जानकारी दिइन्।

सहसचिव महर्जनको संयोजकत्वमा आयोजित कार्यक्रममा युवा सङ्घका इन्चार्ज महेश बस्नेतले बिरूवा रोपेपछि त्यसलाई हुर्काउनु चुनौतिपूर्ण छ, रोपेपछि संरक्षण गर्दै हुर्काउन पनि स्थानीयसँग सहकार्य जारी राख्नुपर्नेमा जोड दिएकाछन्।
वृक्षारोपण कार्यक्रममा युवा सङ्घका इन्चार्ज महेश बस्नेत, एमाले पोलिव्युरो सदस्य रामेश्वर फुँयाल, युवा सङ्घ काठमाडौँका संयोजक निर्मल द्यौलालगायतको उपस्थिती रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma