Developed By Kuldeep Sharma

August 22, 2023

वर्तमान सरकारले नागरिकका पक्षमा केही गरेन: प्रदीप पौडेल

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले भ्रष्टाचार सम्बन्धी खोलिएको फाइल पनि बन्द हुने अवस्था रहेको बताएका छन्।

नेकपा माओवादी केन्द्रका नेता भ्रष्टाचार प्रकरणमा मुछिएको देखिन थालेपछि अनुसन्धान भइरहेका फाइल बन्द रोक्ने खतरा रहेको पौडेलले बताए। ‘सुरु सुरुमा प्रधानमन्त्रीका भनाइमा पत्यार लाग्थ्यो। अहिले आफ्ना मान्छे पर्न थालेपछि अब नयाँ खोलिने त सम्भावना छैन। पुराना खोलिएका पनि बन्द हुने खतरा छ’, पौडेलले भने।

चितवन रत्ननगर नगरको पार्टी समिति सम्मेलनमा बोल्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्रीको व्यवहारप्रति असन्तुष्टि जनाए । ‘फाइल खोलेपछि आफ्ना नपर्ने अरुको मात्रै पर्ने भन्ने हुँदैन । आफ्ना पर्न थालेपछि भ्रष्टाचारको अनुसन्धानको यात्रा अड्किएको देखियो’, पौडेलले भने ।

वर्तमान सरकारले नागरिकका पक्षमा अरु केही कार्य नगरेको उनले बताए। ‘भ्रष्टाचारका अलि अलि फाइल खोल्न खोजेको छ’ पौडेलले भने, ‘फाइल खोलेर प्रधानमन्त्री जस लिन खोज्नुहुन्छ। हामी पछाडि बसेर अँध्यारो भइरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma