Developed By Kuldeep Sharma

August 23, 2023

नेपाली गृह श्रमिक(होम वेस्ड वर्कर)ले घर खर्च चलाउन ६२ प्रतिसत योगदान पुर्‍याइरहेको सर्वेक्षण

काठमाडौं । स्वरोजगारको रूपमा घरमा बसेर, सिलाई, बुनाई, इम्ब्रोइडरीलगायतका सिपमुलक काममार्फत आय आर्जन गर्ने नेपाली गृह श्रमिक(होम वेस्ड वर्कर)ले घर खर्च चलाउन ६२ प्रतिसत योगदान पु¥याइरहेको सर्वेक्षणले देखाएको छ ।

होमनेट दक्षिण एसियाले नेपाल, भारत, पाकिस्तानमा गृह श्रमिकबारे ज्याला कार्ड(वेज कार्ड)मार्फत गरिएको सर्वेक्षणले सो कुरा स्पष्ट पारेको हो।होमनेट दक्षिण एसियाका सदस्य रिचा माक्सुडेनले यस सर्वेक्षणले नेपाल, भारत,पाकिस्तानलगायतका देशमा आर्थिक सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेलेको सर्वेक्षणले देखाएको बताइन् ।

उनले पाकिस्तानमा यस क्षेत्रमा २० वर्षभन्दा मुनिका श्रमिक संलग्न रहेको पाइएको बताकी छन्।नेपाल ÷भारतमा भने ४४ प्रतिसत ३० देखि ४० वर्ष उमेर समुहका महिला÷पुरूषले गृह श्रमिकका रूपमा काम गर्दै अर्थतन्त्र बलियो बनाउन योगदान दिइरहेको सर्वेक्षणले जनाएको छ ।

होमनेट दक्षिण एसिया, श्रम तथा सामाजिक अध्ययन केन्द्र(क्लास नेपाल),होमनेट नेपालले मङ्गलवार राजधानीमा आयोजित कार्यक्रममा तारकेश्वर नगरपालिकाका उपप्रमुख सिर्जना बुर्लाकोटीले तारकेश्वर क्षेत्रमा रहेका गृह श्रमिक र अन्य श्रमिक सम्वन्धमा अभिलेख राख्न श्रम डेस्कको व्यवस्था गरेको जानकारी दिइन् ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापाले गृह श्रमिकको कामलाई सम्मान र बजारीकरण,सामाग्रीले उचित मुल्य पाउने वातावरण हुनुपर्ने बताएकीछन् ।

होमनेट दक्षिण एसियाले गृह श्रमिकले स्वरोजगारको रुपमा आफ्नो घरमै सिप र श्रमको प्रयोग गरी सिलाई, बुनाई, बेतबाँस, माटा, काठ, ढुङ्गा, थाङ्का, ढाकाका कपडा, पोते, क्रिष्टलका सामाग्री, इम्ब्रोइडरी, मखमलका जुत्तालगायतका बस्तुहरू तयार गर्ने कामलाई गृह श्रमिकको पहिचानसहित टे«ेड युनियन र तथ्याङ्कका लागि सुचिकरण गर्नुपर्नेमा पैरवी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma