काठमाडौं। तारकेश्वर ९ मा ‘एक घर, एक बिरुवा’ वितरण कार्यक्रम सञ्चालन भएको छ। बिहिबार वडा कार्यालय प्राङ्गणबाट नयाँ बस्तीहरुमा उपभोक्ता समितिमार्फत् फलफुल र धुपीका बिरुवा वितरण गरिएको र पुरानो बस्तीमा भोली वितरण गरिने वडाअध्यक्ष श्यामकृष्ण महर्जनले बताए।
तारकेश्वर नगरपालिकाले उपलब्ध गराएको विरुवा प्रत्येक जनताको घरमा पु¥याउने लक्ष्यअनुसार उपभोक्ता समितिमार्फत् वितरण गरिएको थियो। वडा कार्यालयमा तारकेश्वर ९ का जनप्रतिनिधिहरुले उपभोक्ता समितिलाई विरुवा वितरण गरेका थिए।
हरियाली वडा निर्माण गर्नुका साथै जनताले आफ्नो घर आँगनमा बिरुवा रोप्ने ठाउँ नभएका टोलबासीले गमलामा समेत लगाएर खान मिल्ने कागती, अनार, आँप लगायतका फलफुलका विरुवा रहेका थिए।
प्रतिक्रिया