Developed By Kuldeep Sharma

August 26, 2023

कलाकार सानु ताम्राकारको निधन

काठमाडौं।  कलाकार सानु ताम्राकारको निधन भएको छ।

किड्नीमा समस्या देखिएपछि उनी करिब एक महिनादेखि नर्भिक अस्पतालमा उपचाररत् थिए।

शनिबार नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ।

‘उहाँको आज दिउँसो ३: १५ तिर निधन भएको हो’, अस्पताल स्रोतले भन्यो,‘परिवारले शव बुझिसक्नु भएको छ।’

उनी दिवंगत अभिनेता सारूक ताम्राकारका बुवा हुन्। गत असारमा सारूक काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।

उनको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma