Developed By Kuldeep Sharma

August 26, 2023

प्रधानमन्त्री प्रचण्डबाटै जातीय द्वन्द्वको प्रयास:शेखर कोइराला

काठमाडौं ।  नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै मुलुकमा जातीय र धार्मिक द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको बताएका छन् ।

आज शनिबार विराटनगरमा नेपाल प्रेस युनियन मोरङको पदस्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डमाथि गम्भीर आरोप लगाएका हुन् ।

‘बहुमत दिए जातीय पहिचानको प्रदेश बनाउँछु’ भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति नै जातीय द्वन्द्वको विजारोपण भएको नेता कोईरालाको धारणा छ । जिम्मेवार व्यक्तिबाट कसैलाई उचाल्ने र कसैलाई खसाल्ने प्रकारको अभिव्यक्ति प्रकट हुन नहुने उनको भनाइ छ ।

पछिल्लो समय सुनसरीको धरानमा भएको घटनाले मुलुकमा असर गर्ने भन्दै नेता कोइरालाले मुलुकमा कुनै पनि धर्मको बाहुल्यता नभएपछि संविधानमा उल्लेख गरिएको कुरालाई पालना गर्नुको विकल्प नरहेको स्पष्ट पारे ।

उनले पछिल्लो समय मुलुकको राजनीति अफ्ठ्यारो परिस्थितिमा गएको विचार व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma