Developed By Kuldeep Sharma

August 27, 2023

कृषकको छोरी भएकाले कृषि समिति रोजेँ : आरजु राणा

काठमाडौँ । नेपाली काँग्रेस नेतृ डा.आरजु राणा देउवाले आफू कृषकको छोरी भएका कारणले कृषि समितिको सभापति रोजेको बताएकी छन् ।

आइतबार कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा उम्मेदवारी दिइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । समिति भनेको सरकारको विभिन्न मन्त्रालयहरुलाई निर्देशन दिने र जनतालाई दिने सुविधाका बारेमा सरकारको काम कारबाहीप्रति जबाफदेही बनाउने निकाय भएको बताइन् ।

उनले भनिन्, ‘समितिमा मसिनोसँग आफूलाई मन लागेको विषयमा काम गर्न पाइन्छ । समिति भनेको सरकारको विभिन्न मन्त्रालयहरुलाई उनीहरुको रिपोर्ट लिने, संविधानअनुसार मन्त्रालय अघि बढेको छ की छैन, साथै जनताको सहजता भएको छ की छैन ? जनताको जीवन र दैनिकीसँग सम्बन्धित विषयहरु हुन्छन् ।

उनले सहकारीको अनियमितता धेरै भयो जुन उद्देश्यले खोलिएको थियो, त्यस्तो गतिमा नहिँडी अर्कै रफ्तारमा हिँडेको छ, त्यसलाई नियन्त्रण गर्नुपर्ने बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma