काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा प्रेस चौतारी नेपाल काठमाडौं शाखाले ताला लगाएको छ । महासंघले नयाँ सदस्यता वितरण गर्दा अपनाएको विधि चित्त नबुझेको भन्दै चौतारीले शुक्रबार ताला लगाएको हो ।
महासंघले आफ्नो मनमानी र सुनियोजित तरिकाले चौतारीको सदस्यहरू छानिछानी हटाएको उनीहरूको आरोप रहेको छ ।
पत्रकारिता क्षेत्रमा क्रियशिल रहेका पत्रकारहरूलाई अपमानजनक ढङ्गले सदस्यबाट वञ्चित गर्ने महासंघको निर्णय षड्यन्त्र र प्रतिशोधपूर्ण रहेको चौतारीको भनाई रहेको छ ।
प्रतिक्रिया