धनगढी । नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश सांसद नेपालु चौधरी सवार सरकारी गाडी नियन्त्रणमा लिइएको छ। धनगढी उपमहानगरपालिका १९ जे गाउँबाट चौधरी सवार सरकारी गाडी नियन्त्रणमा लिइएको हो।
निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रयोजनमा सरकारी गाडी प्रयोग गरेपछि स्थानीयले गाडी नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको बताए। प्रदेश सांसद चौधरी सवार से१झ ३०७ नम्बरको गाडी शनिबार राति करिब ९ बजेको समयमा नेपाली कांग्रेस सम्बद्ध युवाहरूले नियन्त्रणमा लिएका थिए।
उनीहरूले सो गाडीमा एमालेको झण्डासमेत टाँगिएको अवस्थामा फेला पारेपछि नियन्त्रणमा लिएको बताएका छन्।
यता, जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले सो गाडी बहुलिया प्रहरी चौकीमा राखिएको बताए। यस्तै घटनाबारे थप अनुसन्धान भैरहेको उनको भनाइ छ।
प्रतिक्रिया