काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबार आगो लागाइदिने भन्दै पोष्ट गरेको स्टाटस हटाएका छन्।
शनिबार राति मेयर बालेनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।” उनले शनिबार पोष्ट गरेको स्टाटस सोमबार बिहान हटाएका हुन्।
बालेनले उक्त स्टाटस पोष्ट गरेपछि केहि आलोचना र केहि समर्थनमा सामाजिक सञ्जाल भरिएको थियो। उनकी सुत्केरी श्रीमती सवार गाडीलाई प्रहरीले रोकेर केरकार गरेको विषयलाई लिएर बालेनले स्टाटस लेखेका थिए ।
प्रतिक्रिया