काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ।
उनकी ममतामयी आमा मालती खतिवडाको ८० वर्षको उमेरमा आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको सो पार्टीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए। मालतीका एक छोरा र तीन छोरी रहेका छन्।
उनको आजै दिउँसो १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ।
प्रतिक्रिया