Developed By Kuldeep Sharma

September 5, 2023

एमाले लुम्बिनी प्रदेश अधिवेशन : मतदान जारी

काठमाडौं। नेकपा (एमाले) को लुम्बिनी प्रदेश नेतृत्व चयनका लागि मतदान जारी छ।

निर्वाचन समितिले आज दिउँसो १ बजेसम्मका लागि मतदानको समय तोकेको बताएको छ। एक हजार चार मतदाता रहेको अधिवेशनले पाँच पदाधिकारीसहित २०५ सदस्यीय कमिटी चयन गर्नेछ। सचिवबाहेक अन्य पदाधिकारी र सदस्यहरुमा मतदान भइरहेको छ।

अध्यक्ष पदको उमेदवारमा राधकृष्ण कँडेल र हरि रिजाल छन् भने सचिवमा लक्ष्मण आचार्य निर्विरोध चयन भएका हुन्। उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ र विश्वराज बराल (अनुप), पूजन विश्वकर्मा र शान्तकुमार वलीबीच प्रतिस्पर्धा रहेको छ। त्यस्तै, उपसचिव पुरुषतर्फ एक पदका लागि उपेन्द्रलाल कामी, पूर्ण बुढामगर र दुर्गाप्रसाद थारु उमेदवार छन्। उपसचिव महिलातर्फ एक पदका लागि आरती पौडेल, बसन्ती अधिकारी र लीला राना मगरको उमेदवारी रहेको छ।

लुम्बिनी प्रदेशका आठ जिल्लामा सदस्यतर्फ सर्वसम्मत चयन भएका छन् भने बाँकी चार जिल्ला रुपन्देही, गुल्मी, दाङ र बाँकेमा सदस्यका पदका लागि पनि मतदान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma