Developed By Kuldeep Sharma

September 12, 2023

सुवास नेम्बाङको निधनमा बिहिबार शोक बिदा

काठमाडाैं । सरकारले नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्वाङको निधनको शोकमा बिहीबार सार्वजनिक बिदा दिएको छ । नेम्बाङको मंगल बिहान १ बजे हृदयघातका कारण निधन भएको हो । मंगलबार बिहान बसेकाे मन्त्रिपरिषद् बैठकले संविधानसभा अध्यक्ष नेम्वाङकाे राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने र अन्त्येष्टि गर्ने दिन सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ ।

बिहीबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले मंगलबार विज्ञप्तिमार्फत जानकारी दिएकाे हाे । त्यस दिन देशभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने विज्ञप्तिमा उल्लेख रहेको छ ।

संविधान निर्माण प्रक्रियामा नेम्बाङले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma