Developed By Kuldeep Sharma

September 16, 2023

नेपाल शिक्षक महासंघले असोज तीन गतेदेखि सडक आन्दोलन गर्ने २ दिन अगाडि

काठमाडौं। नेपाल शिक्षक महासंघले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक २०८० विरुद्ध आन्दोलन गर्ने भएको छ । महासंघको आज बसेको बैठकले असोज तीन गतेदेखि सडक आन्दोलन गर्ने निर्णय गरेको छ ।

महासंघकी अध्यक्ष कमला तुलाधरले सरकारसँग गरिएको छलफल र सहमति अनुसारको शिक्षा विधेयक संसदमा दर्ता नभएकोले सडक आन्दोलनमा जान बाध्य भएको बताएकी छन् । उनले शिक्षकहरुका धरै मागहरु पुरा नगरी विधेयक संसदमा दर्ता भएको र स्थानीय तहलाई धेरै अधिकार दिएकोले असोज तीन गतेदेखि सदन र सडक दुबै आन्दोलन गर्ने निर्णय भएको बताइन ।

साथै देशभरका शिक्षक कर्मचारी अहिले अत्यन्त आक्रोशित भएको र ट्रेड युनियन अधिकारको पनि सुरक्षा नभएकोले देश भरका शिक्षक काठमाडौंमा जम्मा भएर निर्णायक सडक आन्दोलन गर्ने बताइन ।

नेपाल सरकारले २०८० भाद्र २७ गते विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० संसद सचिवालयमा दर्ता गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma