Developed By Kuldeep Sharma

September 17, 2023

सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं। सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति भएको छ । आइतबार भएको आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारबीचको सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् ।

डाक्टरमाथि भएको आक्रमणको विरोधमा आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारको वार्ता टोलीबीच स्वास्थ्य मन्त्रालयमा छलफल भएको थियो । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव विकास देवकोटाको संयोजकत्वमा भएको वार्ता ६ बुँदे सहमति भएको छ ।

सरकारी वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा। विकास देवकोटा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र कानुन, न्याय तथा संसदीय मन्त्रालयका सहसचिव रहेका थिए ।

यस्तै नेपाल चिकित्सक संघका अध्यक्ष डा। अनिलविक्रम कार्की, महासचिव डा सञ्जीव तिवारी लगायत रहेका थिए ।

भदौ २७ गते मकवानपुरको हेटौँडामा सन्चो अस्पतालका डाक्टर विकास थापा र डा प्रशान्त विडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो ।

नेपाल चिकित्सक संघले डाक्टरमाथि आक्रमण गर्नेलाई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन दबाब दिँदै आइतबार देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पारेको थियो । सहमतिसँगै अस्पतालका सबै सेवा सुरु हुने नेपाल चिकित्सक संघले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma