काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ मधेश प्रदेश कार्य समितिले ‘विद्यालय शिक्षा सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्ने विधेयक २०८०’मा विरोध जनाएको छ।
गाउँपालिका राष्ट्रिय महासंघ मधेश प्रदेश कार्य समितिले बिहीबार एक विज्ञप्ती जारी गर्दै शिक्षा विधेयक स्वशासन, स्थानीय शासन र संघियताको बर्खिलाप रहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
‘संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरित रहेकोले स्वीकार गर्न सकिदैन्’ विज्ञप्तीमा उल्लेख छ ।
महासंघ प्रदेश कार्य समितिले विधेयकलाई असहमति जनाउँदै शिक्षक महासंघले घोषणा गरेको अनिश्चितकालिन विद्यालय बन्द गर्ने निर्णयप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रतिक्रिया