Developed By Kuldeep Sharma

May 8, 2022

प्रचण्डलाई ‘जुत्ता हान्ने’ चेतावनी दिएका पत्रकार पक्राउ

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘जुत्ता हान्छु’ भनेर चेतावनी दिएका दाङका एक जना पत्रकार पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगर– ३ बस्ने यज्ञ बहादुर बुढा रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालयको समन्वयमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रचण्डले आज दाङका २ स्थानमा हुने गठबन्धनका संयुक्त चुनावीसभालाई सम्बोधन गर्ने कार्यतालिका छ।

प्रचण्ड दाङ आउने भएपनि उनले जुत्ता हान्ने बताएका थिए। उनले सामाजिक सञ्जालमा ‘हिजो सकेनन्, चितवनबासीले, मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु अब।’ भनेर लेखेका थिए। उनी राप्तीपहिचान डटकमका संचालक तथा प्रकाशक हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma