Developed By Kuldeep Sharma

May 8, 2022

निर्वाचनका बेला खटिएका सुरक्षाकर्मीको निधन भए आश्रित परिवारलाई सरकारले २० लाख दिने

काठमाडौं। निर्वाचनको सुरक्षामा खटिएका बेला मृत्यु भएका सुरक्षाकर्मीको परिवारलाई सरकारले २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

गृहमन्त्री बालकृष्ण खाँणको प्रस्तावमा आइतबार बिहानको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

‘निर्वाचन सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग) तथा म्यादी प्रहरीको मृत्यु भमा निजको आश्रित परिवारलाई बीस लाख आर्थिक सहायता उपलब्ध गराउने,’ मन्त्रीपरिषद् बैठकको निर्णयमा भनिएको छ।

त्यस्तै बैठकले निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग) तथा म्यादी प्रहरीको उपचारमा लागेको खर्च पनि सरकारले बेहोर्ने निर्णय गरेको छ। बैंकले हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवानसरह जिल्लागत दररेट अनुसार राशनभत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको गृहमन्त्रीको भनाइ उद्धृत गर्दै प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma