धनगढी । कैलालीको धनगढीमा एक युवक मरणाशन्न हुनेगरी कुटिएका छन्। पत्रकार आदित्य जोशी कुटिएका हुन्। आफूमाथि पत्रकार योगेन्द्र भण्डारी समूहले कुटपिट गरेको उनले बताएका छन्। कुटपिटबाट उनको शरीर र टाउकोमा गहिरो चोट लागेको छ।
आफूमाथि आक्रमण भएपछि जोशी निवेदन दिन जिल्ला प्रहरी कार्यालय कैलाली पुगेका छन्।
जोशी निवेदन लिएर आएको र घटनासम्बन्धी सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। धनगढी उपमहानगरपालिका –५ बस्ने २४ वर्षीय पीडित जोशीले धनगढी–२ स्थित फारवेष्ट जिम सेन्टरको माथि लगेर आफूमाथि भण्डारीको समूहले हातपात गरेको बताएका छन्।
उनले भण्डारीको नेतृत्वमा रहेको चार जनाको समूहले आफूमाथि फलामको रड र हतियार प्रहार गरेको बताए।
प्रतिक्रिया