Developed By Kuldeep Sharma

May 8, 2022

एक युवा उम्मेदवारलाई खुल्ला पत्र

प्रवेश पौडेल, रुपन्देही। वडा अध्यक्ष पदका युवा उम्मेदवार शिव राना ज्यू, सबै भन्दा पहिले शुभकामना।

अहिलेको राजनीतिक अस्थिरताकाबीच ठूला पार्टीबाट युवाले अवसर पाउनु मात्रै पनि ठूलो उपलब्धि हो। तर यस उपलब्धिलाई सफलतामा परिणत गर्ने चुनौति तपाईको अघि खडा भएको छ। मेरो वडासंगै सिमाना जोडिएको वडाबाट अध्यक्ष पदमा तपाईको उम्मेदवारी परेसंगै युवामा केहि आशा पलाएको मैले देखेको र सुनेको छु। ओभरसियर अध्ययन गरेका २९ वर्षिय शिव राना निरन्तर सामाजिक क्षेत्रमा लागिरहने व्यक्ति हुन् भन्ने विषयलाई यहाँ प्रष्ट पार्न आवश्यक छैन। सामाजिक सेवाका क्षेत्रमा तपाईको नाम परिचित हो।

बुटवल उपमहानगरपालिका वडा नं. १५ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदको लागि तपाईको उम्मेदवारी परेपछि मैले अझ सुक्ष्म ढंगबाट तपाईले समाजमा गरेको योगदान र सामाजिक क्रियाकलापहरुबारे नियाल्न सुरु गरेको थिएँ। रुपन्देहीका युवालाई एकजुट बनाउँदै सामाजिक क्षेत्रमा क्रियाशिल रहेर विभिन्न क्षेत्रमा योगदान गरिरहनु भएको छ। सायद यही योगदानको मुल्याकन गर्दै पार्टीले जिम्मेवार पदको नेतृत्व समाल्ने अवसर दिएको हो। यस अवसर संगै तपाईले बनाएका योजना मध्ये ‘बसौ बसौ लाग्ने गाउँ’ बुँदा देखेपछि मलाई साच्चै पत्र लेख्न उत्साह जाग्यो । म एक युवक जसलाई बाच्नकै लागि मात्र आफ्नो गाउँ छाडेर बाहिर जान मन छैन। तर यस्तो राजनीतिक खिचातानीबाट ग्रस्त भएको मुलुकमा कुनै उपाय नभेटिपछि कैँयौ युवा विदेश पलायन हुनु पर्ने बाध्यता मौलाउँदै गएकोे छ। युवाको समस्या युवाले नै सहज ढंगबाट बुझ्न सक्छन् । त्यसैले हेर्दा मात्रै बसौ बसौ लाग्ने होईन, गाउँमै केहि उद्यम गर्न सक्ने वातावरण सृजना होस्। पक्कैपनि तपाईको प्रतिबद्धतालाई आत्मबोध गर्दै आमजनता तपाईको पक्षमा रहनेछन् भन्ने मलाई विश्वास छ।

सधै सामाजिक क्रियाकलापका लागि दौडधुपमा रहने तपाई आज प्रत्यक्ष रुपमा आफ्ना लागि भोट माग्ने दौडधुपमा हुनुहुन्छ । जुन भोट आफ्ना लागि मात्रै नभएर समस्त वडाबासी युवाका लागि हो भन्ने कुरा मैले बुझेको छु। तपाईलाई विश्वास गरेर आमजनताले चुनिसकेपछि तपाईले बनाउँछु भनेको गाउँ र तपाईले हामी यो गर्दैनौ भनेर गरेका प्रतिबद्धताहरु कार्यान्वयनमा अझ ठूलो चुनौति आउने छ। तर विचलित नभई आफ्नो वडाको हितका लागि सधै लागिरहनु नै आफ्नो प्रतिबद्धतामा विजयी प्राप्त गर्नु हो।

वडालाई ब्यवसायीक केन्द्र बनाउने, युवा स्वरोजगारको व्यवस्थासगैं जेष्ठ नागरिक केन्द्रलाई ब्यवस्थित गर्ने र विद्यालयहरुमा अपाङमैत्री पुर्वाधार कार्यान्वन गर्ने गरि तपाईले बनाउनु भएका योजनाहरुले वडाका बालबालिका देखी वृद्धसम्मलाई समेटेको छ। सबैका समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धताका साथ उम्मेदवारी दिनुभएको तपाईलाई फरक वडाको मतदाता भएका कारण मैले मत दिन नसकेपनि मन दिएको छु।

अर्को पटक यसै गरि बधाई पत्र लेख्न पाउँ, फेरीपनि शुभकामना,

–एक नागरिक

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma