Developed By Kuldeep Sharma

May 8, 2022

मुलुक राजनीतिक दुर्घटनाको खतरामा छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा राजनीतिक दुर्घटनाको खतरा रहेको टिप्पणी गरेका छन्।

पोखरामा पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनविरुद्ध राजावादी र गणतन्त्र विरोधीहरूको गठबन्धन आएको भन्दै मुलुकमा राजनीतिक दुर्घटनाको खतरा रहेको टिप्पणी गरेका हुन्। ‘गठबन्धन नबनेको भए प्रतिनिधि सभाको प्रतिगमनको विरुद्ध संघर्ष नगरेको भए देश दुर्घटनामा जाने खतरामा परेको थियो। गठबन्धनविरुद्ध राजावादी र गणतन्त्र विरोधीहरूको गठबन्धन आएको छ। देशमा राजनीतिक दुर्घटनाको खतरा छ। मैले धम्कायो भनेर हल्ला गरेका छन्। मैले गठबन्धन विभाजित भयो भने देशमा राजनीतिक दुर्घटना हुन्छ भनेको हुँ।’ प्रचण्डले भने।

उनले अहिले पनि गठबन्धन विभाजित गराउन षड्यन्त्र चलिरहेको बताए। पाँच दलीय गठबन्धनलाई आफूहरूले प्रदेश र संघको निर्वाचनसम्मै लाने दाबी प्रचण्डले गरे। उनले भने ‘हामीले धरै मेहनत गरेर अहिलेको स्थानीय तहको निर्वाचनमा मात्रै नभएर प्रदेश र संघको निर्वाचनमा पनि गठबन्धन लाने संकल्प गरेको छौँ। निर्वाचन अग्रगमन र प्रतिमगनबीचको संघर्ष चलेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma