काठमाडौं। सत्तारुढ दल निकटका पाँच पत्रकार संगठनले गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल जारी गरेपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
आयोगले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु क्षेष्ठ, नेपाल प्रेस मञ्चका अध्यक्ष केशव अर्याल र प्रगतिशिल पत्रकार संघ नेपालका सचिव पोखरेललाई चौबीस घण्टे स्पष्टिकरण सोधेको हो।
उनीहरुले शनिबार अपिल जारी गर्दै यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए। इस बिषयमा आयोगले ध्यानाकर्षण भएको जनाएको छ। २४ घण्टा भित्र विज्ञप्ती हटाई आयोगमा प्राप्त हुनेगरि लिखित जवाफसहितको स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।
प्रतिक्रिया