Developed By Kuldeep Sharma

December 24, 2023

अमेरिकामा रहेका नेपालीहरुले गरे पशुपतिमा रहेका वृद्धवद्धालाई सहयोग

अमेरिकामा बस्दै आएका नेपाली तथा भारतीयले पशुपतिमा रहेका वृद्धवृद्धा, असहाय तथा दृष्टि विहिनका लागि न्यानो कम्बल वितरण गरेका छन् ।
प्रकाश आचार्य सहितको टोलिले उक्त कम्बल विवरण गरेको हो ।

लक्ष्मी पुजाको दिन संकलन भएको पैसाले असहायहरुका लागि सहयोग गरेको आचार्यले मुलुकप्रेसलाई जानकारी दिनुभयो । अन्र्तदृष्टि नेपाललाई सहयोग गर्ने खोजिएको भएपनि सो आश्रममा भन्दा बाहिर रहेका विपन्नलाई सहयोग गर्ने सुझाव आएपछि बाहिर नै वितरण गरिएको हो ।

उक्त अवसरमा समाजसेवी पवन अधिकारी, कलाकार शिवहरी पौडेल, आचार्यको परिवार तथा आफन्तको समेत सहभागिता थियो । कार्यक्रममा बोल्दै अन्र्तदृष्टि नेपालकी संचालिका नन्दा सिंहले प्रकाश जस्ता मनकारीहरुको सहयोगले नै नेपालमा रहेका सामाजिक संघसंस्था र विपन्नहरुका लागि राहत मिलेको बताउनु भयो ।

सिन्धुली जन्मघर भएका प्रकाश १३ वर्षदेखि न्युयोर्कमा छन् । उनले अशक्त, अप्ठ्यारोमा परेका नेपालीहरुलाई दुखमा सहयोग गर्दै आएका छन् । जिम्मेवारीको कुनै सीमा नहुने भन्दै प्रकाशले सहयोग गर्नु नेपालीको धर्म भएको बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma