Developed By Kuldeep Sharma

May 8, 2022

निमावि तह शिक्षकको विषयगत परीक्षा असार ११ मा, यसरी तोकियो परीक्षा केन्द्र

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको शिक्षक पदको विषयगत परीक्षा आगामी असार ११ गते सञ्चालन गर्ने भएको छ। सामान्यतर्फको परीक्षामा उत्तीर्ण भएकाहरूका लागि असार ११ मा परीक्षा सञ्चालन हुने आयोगले जनाएको हो।

आयोगले प्रदेशगत रुपमा परीक्षा केन्द्र रहने जिल्ला समेत तोकेको छ। प्रदेश १ का लागि मोरङ, मधेश प्रदेशका लागि धनुषा, बागमती प्रदेशका लागि मकवानपुर, गण्डकी प्रदेशका लागि कास्की, लुम्बिनी प्रदेशका लागि रुपन्देही, कर्णाली प्रदेशका लागि सुर्खेत र सुदूरपश्चिमका लागि कैलाली जिल्लामा परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ।

आयोगले गत चैत १७ गते २ हजार ५९८ रिक्त पदको लागि सामान्य तर्फको परीक्षा सञ्चालन गरेको थियो। उक्त परीक्षाको नतिजा हालै सार्वजनिक गरिएको हो। आयोगले सार्वजनिक गरेको नतिजा अनुसार ७६ हजार ८०६ सहभागी परीक्षार्थी मध्ये २० हजार ९८२ जना उत्तीर्ण भएका छन्।

प्रदेश १ मा १९ हजार २० सहभागी मध्ये ५ हजार १८२ जना, मधेश प्रदेशमा पाँच हजार ८५३ मध्ये १ हजार ११ जना, बागमती प्रदेशमा ११ हजार ५२६ सहभागी मध्ये तीन हजार ५७७ जना उत्तीर्ण भएका छन्।

यसैगरी गण्डकी प्रदेशमा १४ हजार २०६ जना मध्ये चार हजार ३४१ जना, लुम्बिनी प्रदेशमा ११ हजार ८४४ मध्ये ३ हजार ३६१ ज्ना, कर्णाली प्रदेशमा चार हजार ६८८ मध्ये १ हजार ६९ जना र सुदूरपश्चिम प्रदेशमा ९ हजार ६६९ मध्ये दुई हजार ४४१ जना उत्तीर्ण भएका छन्।

आयोगले नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेदवारले जेठ ३ सम्म कार्यालय समयभित्र आयोगले तोकेको कागजात सहित आवेदन दिन सकिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma