काठमाडौं। युक्रेनी सैनिकले मारियुपोलमा एक हजारभन्दा बढी हतियार राखेको रुसले दाबी गरेको छ। तर युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका एक शीर्ष सल्लाहकारले मारिउपोल अझै पनि आफ्नो नियन्त्रणमा रहेको बताएका छन्। उनले युक्रेनी सहरको सुरक्षा व्यवस्था मजबुत बनाएको र सेनाको संख्या पनि बढाइएको दाबी गरेका छन्।
मारिउपोर्ल युक्रेनको दक्षिणपूवी एउटा सहर हो। जो आजोभ सागरको उत्तरी तटमा कल्मियस नदीको मुखमा, प्रयाजोभिया क्षेत्रमा रहेको छ। २०२१ को जनगणनाको अनुसार, यो युक्रेनको दशौं ठूलो सहर थियो। भने डोनेट्स्क ओब्लास्टको दोस्रो ठूलो सहर थियो। जसको अनुमानित जनसंख्या ४ लाख ३१ ह्जार ८ सय ५९ रहेको थियो।
अन्तराष्ट्रिय सञ्चार माध्यमकाअनुसार मारिउपोलमा वास्तवमा के भइरहेको छ भनेर पत्ता लगाउन धेरै गाह्रो परेको अवस्था छ। रुसले युक्रेनको दक्षिणी बन्दरगाह सहर आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको बीबीसीले जनाएको छ। मारिउपोलमा सहरमा रुसले केही सातादेखि आक्रमण गरिरहेको छ। रुसको दाबी अनुसार ३६ औँ मरिन ब्रिगेडका सैनिकहरुले आत्मसमर्पण गरेका छन्।
प्रतिक्रिया