Developed By Kuldeep Sharma

March 26, 2024

केजरीवाल पक्राउको विरोधमा ‘आप’ का कार्यकर्ता आन्दोलित, प्रधानमन्त्री मोदीको निवास घेराउ गर्दै

काठमाडौं। आफ्ना नेता पक्राउको विरोधमा आम आदमी पार्टी आप ले प्रधानमन्त्री नरेन्द्र मोदीको निवास घेराउको तयारी गरेको छ।

दिल्लीका मुख्यमन्त्री समेत रहेका अरविन्द केजरीवाल पक्राउको विरोधमा आपका कार्यकर्ताले मोदी निवास घेराउको घोषणा गरेको हो।

नयाँ दिल्लीको लोककल्याण मार्गस्थित प्रधानमन्त्री निवास घेराउ गर्ने तयारी गरेको आम आदमी पार्टीका नेता तथा कार्यकर्ताले भारतीय सञ्चार माध्यममार्फत जनाएका छन्। आपको कार्यक्रमलाई रोक्न प्रशासनले प्रधानमन्त्री निवास वरिपरि सुरक्षा व्यवस्था कडा बनाएको छ।

मदिरासम्बन्धी नयाँ कानुन बनाएर लाभ लिएको आरोपमा मुख्यमन्त्री केजरीवाल प्रवर्तन निर्देशनालय ED (ईडी) को हिरासतमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma