Developed By Kuldeep Sharma

March 28, 2024

यी हुन् मह सेवनका फाइदा

मुलुकप्रेस, काठमाडौं।  महलाई तुरुन्तै उर्जा बढाउनुका साथै विभिन्न औषधीको रूपमा प्रयोग गर्ने गरिन्छ। हामी सबैले महको प्रयोग गरिरहेका हुन्छौँ। तर महले कसरी स्वास्थ्यमा लाभ पुऱ्याउँछ साथै यसलाई कसरी प्रयोग गर्ने भन्ने बारेमा सबैलाई जानकारी नहुन सक्छ।

महमा हाम्रो शरीरलाई दैनिक आवश्यक पर्ने कार्बोहाइड्रेट, भिटामिन बी, भिटामिन सी, प्रोटिन, आइरन, क्याल्सियम, पोटासियम, म्याग्नेसियम, सोडियम, फस्फोरसजस्ता तत्त्व पाइन्छ।

त्यसैले मह सेवन गर्नु स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ।

यस्तो छ मह सेवनको फाइदा
– महमा कार्बोहाइड्रेट, भिटामिन बी, भिटामिन सी, प्रोटिन, आइरन, क्याल्सियम, पोटासियम, म्याग्नेसियम, सोडियम, फस्फोरसजस्ता लाभदायक तत्त्व हुन्छन्।

– महको सेवन गर्नाले शरीरमा अन्य गुलियो परिकारले जस्तो नराम्रो असर गर्दैन।

– यदि खोकी लागेको छ भने अदुवाको रस र तुलसीको पत्तामा मह मिसाएर पकाएर एक चम्चा खादा खोकी ठिक हुन्छ तर सुक्खा खोकी लागेको भए कागतीको रसमा मह मिसाएर खानुपर्छ। कागतीको रस छैन भने महमात्रै खाँदा पनि खोकी लाग्ने क्रम कम हुन जान्छ।

– थकान महसुस भएमा अथवा आलस्य भएमा महको सेवनले आराम मिल्छ।

– राति दूधमा मह हालेर पिउदा शरीरको तौल बढाउन मद्धत गर्दछ भने शरीरको वजन घटाउनका लागि बिहान मनतातो पानीमा कागतीको रससंगै मह हालेर नियमित खाने गर्नुपर्छ।

– रगतमा हेमोग्लोबिनको मात्रा बढाउनका साथै रक्तचापलाई ठिक राख्न पनि महको सेवन राम्रो मानिन्छ।

– हाडजोर्नी दुख्ने समस्या छ भने महमा दालचिनीको पाउडर मिसाएर दुःखेको ठाउँमा मसाज गर्दा आराम हुन्छ।

– दिमाग तेजिलो बनाइराख्न पनि दिनहुँ महको सेवन उपयुक्त मानिन्छ।

– आजभोलि आफ्नो दैनिक कामसंगै मानिसमा मानसिक थकान बढ्नुका साथै निराशा हुने देखिन्छ। यस्तो अवस्थामा महलाई अनारको रससँग मिसाएर खानाले मानसिक थकान क्रमशः कम हुँदै जान्छ।

– आँखावरिपरि डार्क सर्कल छ भने मह र बदामको तेल मिसाई आँखा वरिपरिको छालामा सुत्ने बेला लगाउने गरेमा डार्क सर्कल कम हुदै जान्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma