काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको छ।
सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई आज पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन्।
टीकापुर पार्टी कार्यालयमा १४ गते बसेको बैठकको निर्णय अनुसार समर्थन फिर्ता लिन र सरकारबाट बाहिरिन श्रेष्ठले निर्देशन दिएकी छन्। यदि उक्त निर्देशन पालना नभए पार्टीको विधानअनुसार अघि बढ्ने बताउदै ध्यानाकर्षण गराइएको छ।
प्रतिक्रिया