कठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजीनामा दिएका नेता मधुकर अधिकारी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। आइतबार पोखरा पुगेर अधिकारी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्। उनलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका थिए।
अधिकारी राप्रपामा तीन दशक लामो समय सक्रिय रहेका थिए। यस्तै राप्रपा मकवानपुरका प्रवक्ता समेत रहेको उनका छोरा विशभ अधिकारी पनि एकीकृत समाजवादीमा नै प्रवेश भएका छन्। पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले अधिकारीलाई पार्टीमा उचित र सम्मानित भूमिका दिइने बताए।
पार्टी प्रवेशपछि अधिकारीले समाजवादी यात्रामा सक्रिय रहने बताए।
प्रतिक्रिया