लन्डन। बेलायतले युक्रेनलाई थप १.६ बिलियन अमेरिकी डलर सहायता दिने भएको छ।
बेलायती अर्थमन्त्री ऋषि सुनकले कीभका लागि १.३ बिलियन पाउण्ड (१.६ बिलियन अमेरिकी डलर) को अतिरिक्त कोष प्याकेज प्रदान गर्न लागेको जानकारी दिएका छन्।
द सन्डे टाइम्सका अनुसार यो रकम ट्रेजरीको आपतकालीन कोषबाट लिइनेछ र युक्रेनलाई बेलायतको विद्यमान १.५ बिलियन पाउन्ड सहयोगको अतिरिक्त प्रदान गरिने छ।
बेलायतका रक्षामन्त्री बेन वालेस र विदेशमन्त्री लिज ट्रसको दबाबपछि सुनकले थप सहायताको पुष्टि गरेको समाचारमा जनाइएको छ।
रुसले फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण सुरु गरेपछि कारवाहीको जवाफमा पश्चिमी देशहरूले व्यापक प्रतिबन्ध अभियान चलाएका छन् र युक्रेनलाई हतियार आपूर्ति गरिरहेका छन्।
प्रतिक्रिया