Developed By Kuldeep Sharma

March 31, 2024

बागमतीमा कांग्रेसले मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्ने

काठमाडौं। नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।

आज बसेको बैठकले बागमती प्रदेश संसदीय दललाई मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो। बैठकले पार्टीका सम्पूर्ण प्रदेश सांसदहरूलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको कांग्रेस बागमती प्रदेश समितिका मुख्यसचिव राजु नेपालले जानकारी दिएका छन्।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा नेपालको संविधानको धारा १८८ को उपधारा ९२० अनुसार मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेअनुसार भोलि बागमती प्रदेशसभामा मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिदैछन्।

बागमतीको ११० सदस्यीय प्रदेशसभामा जम्कट्टेलले ५६ मत जुटाउन सकेमा उनी मुख्यमन्त्रीमा कायम रहनेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma