Developed By Kuldeep Sharma

April 1, 2024

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदै

काठमाडौं। आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिँदैछन्। दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची छ।

नेपाली काङ्ग्रेसले गत फागुन २३ गते आफ्नो ६ जना मन्त्रीलाई बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिन लागेका हुन्।

सरकारमा सहभागी रहेको दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ।

११० सदस्यीय प्रदेशसभामा उनले ५६ मत जुटाउन सकेमा उनी मुख्यमन्त्रीमा कायम रहनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma