काठमाडौं। झापामा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। बाह्रदशी गाँउपालिकाका ३३ वर्षीय देवनारायण राजवंशीले श्रीमती ममसरीको हत्या गरेका हुन्।
आज बिहान करिब साढे ६ बजेको समयमा राजवंशीले खुकुरी प्रहार गरी ३३ बर्षिया श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार श्रीमती ममसरीको घाँटीमा खुकुरी प्रहार गरिएको छ।
वैदेशिक रोजगारीबाट ४ दिन अघि राजवंशी घर फर्किएका थिए। श्रीमान श्रीमतीबिच लामो समयदेखि विवाद बढ्दै गएको बताइएको छ। खुकुरीसहित राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मृतक श्रीमती स्थानीय विद्यालयमा शिक्षिकाका रुपमा कार्यरत थिइन्।
प्रतिक्रिया