काठमाडौं। आज गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ गराएका हुन्।
अधिकारीको समर्थनमा सभामुखसहित ३१ जना प्रदेशसभा सदस्य रहेका छन्। ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीका लागि अधिकारीलाई ३१ बहुमत सदस्यको समर्थन आवश्यक पर्छ। एमालेका २२, सभामुखसहित माओवादी केन्द्रका ८ र स्वतन्त्र सांसद दीपक मनाङे गरी ३१ प्रदेशसभा सदस्य पुगेका छन्।
तर नेपाली कांग्रेसले सभामुखसहितको हस्ताक्षरमा बहुमत जुटाइएको भन्दै मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्च जाने तयारी गरेको छ।
कूल सभामुखको समेत नाम राखेर मुख्यमन्त्रीमा दाबी पेस गरेपछि उनको प्रस्तावमा बहस सुरु भएको हो।
प्रतिक्रिया